
काठमाडौँ – सानिमा बैंक लिमिटेडले आइतबार १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपाय अपनाई सेयरधनीको उपस्थितिमा बैठक सम्पन्न भएको हो। साथै, अधिकतम सेयरधनीको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन्।
०७७।७८ मा २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६०.७५ अर्ब, कुल निक्षेप १३०.८८ अर्ब तथा खुद कर्जा सापटी १२३.१७ अर्ब छ।