
काठमाडौँ – नेपालले एएफसी यू २३ च्याम्पियनसिप छनोट प्रतियोगितामा एक गोल पनि नगरी यात्रा टुंग्याएको छ।
ताजिकिस्तानमा सम्पन्न समूह बीको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार लेबनानसँग ४–० गोलले पराजित भयो।
यसअघि पहिलो खेलमा इरानसँग ४–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलका हार ब्यहोरो। लेबनानले पनि अघिल्ला दुवै खेलमा हार ब्यहोरेको थियो।