सकियो गोदावरी फूलको प्रदर्शनी, ७९ लाख रुपैयाँ बराबरको कारोबार

सकियो गोदावरी फूलको प्रदर्शनी, ७९ लाख रुपैयाँ बराबरको कारोबार
+
-

काठमाडौँ – १४औं गोदावरी फूलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चारदिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

एसोसिएसनले ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो।

यस्तै, अवलोकनकर्ताको सहभागिीा पनि उत्साहजनक नै देखिएको एसोसिएसनले जनाएको छ। प्रदर्शनीमा ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकामा ३८ हजार जनाले अवलोकन गरेको एसोसिएसनका सचिव हीरामणि शर्मा जानकारी दिए।

उनले अवलोकनकर्ता र कारोबारको हिसाबमा प्रदर्शनी आशा गरेभन्दा धेरै राम्रो भएको पनि बताए। प्रदर्शनीमा ४४ वटा व्यावसायिक र ४ वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिएको थियो।

प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हँुदै आएका विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवाको समेत प्रदर्शनी तथा बिक्री–वितरण भएको छ। यसका साथै यस मौसममा फुल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवासमेत प्रदर्शनीमा राखिएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?