सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी
+
-

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ।

प्रदेश राजधानी धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको सरकारको नेतृत्व पाउनुपर्ने बताए।

नेकपा एकीकृत समाजवादीको कात्तिक १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न आफूहरूले पाउनुपर्ने बताए।

नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

यता, कात्तिक १० गते बागमती प्रदेशमा नेकपा एमालेको सरकारलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ। यस्तै, आइतबार प्रदेश १ मा नेतृत्व गरिरहेको नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्।

प्रदेश न १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित छ। सबैतिर गठबन्धनबाट सरकार बनाउने सहमति भएअनुसार प्रदेश सरकारमा नेतृत्व हेरफेर भएको छ।

गठबन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि नेकपा एकीकृत समाजवादी पार्टी दाबी गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?