सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग, आहा रारा गोल्डकप माघ ६ गतेदेखि

सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग, आहा रारा गोल्डकप माघ ६ गतेदेखि
+
-

काठमाडौँ – सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ।

पोखरामा बुधबार एक कार्यक्रमबीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन हुने भएको छ।

क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामकरण गरिएको छ। सम्झौताअनुसार केसी परिवारले एकेडेमीका लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ।

सहयोग र दाताको भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशिको सहयोग आएको हो। एकेडेमीमा १४ जिल्लाका २४ जना बालक बसेर पढिरहेका छन्।
उनीहरूको शिक्षा दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ। हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट सहयोग आउने गरेको थियो।

एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ। यस्तै, सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले बताएको छ।

फुटवल प्रतियोगिताको मुख्य प्रायोजनसमेत केसी ग्रुपले नै गरेको छ। सहारा क्लब आफैँले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सञ्चालन गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?