बाबुरामलाई ओलीको प्रश्न– छोरीलाई बेलायत पढ्न कुन खर्चमा कसरी पठाउनुभयो?

बाबुरामलाई ओलीको प्रश्न– छोरीलाई बेलायत पढ्न कुन खर्चमा कसरी पठाउनुभयो?
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूमिगत रहेका बेला छोरीलाई बेलायत पढाउने खर्च कसरी जुट्यो भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्पत्ति स्रोतमाथि प्रश्न गरेका छन्।

काठमाडौँमा आइतबार भएको कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईकी छोरीको बेलायत पढाइबारे प्रश्न गरेका हुन्।

उनले भने, ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौँ। बाबुरामका छोराछोरीले भिसा पाउँथे। कसरी होला? के जादु होला त्यसमा? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन। कुन पासपोर्टबाट जानुभएको थियो? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस्?’

ओलीले थपे, ‘तपाईंका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा? कहाँको आम्दानीले?’

आफूलाई भने प्रहरी रेकर्ड खराब रहेकाले पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले बताए। उनले भने, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर २०४८ मा सांसद भएपछि हो। प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब थिएन होला र?’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष