उपमेयर कप फुटबलः रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश

उपमेयर कप फुटबलः रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश
+
-

काठमाडौँ – रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले १ गोल गरे। तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काए। खेलमा प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई चुनिइन्।

समूह ई को विजेताको रूपमा नकाउट चरण प्रवेश गरेको रोङले बुधबार कैलालीको गौरीगंगा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। पराजयसँगै तुलसीपुरको यात्रा समाप्त भएको छ। तुलसीपुर समूह एफ को विजेताको रूपमा नकाउट चरणमा प्रवेश गरेको थियो।

छनोट खेलअन्तर्गत सोमबार सम्पन्न अर्को खेलमा कनकाइ नगरपालिका झापाले सुनकोसी नगरपालिका सिन्धुपाल्चोकलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।

पेनाल्टी सुटआउटमा कनकाइले सुनकोसीलाई ३–१ गोलले हरायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो। जित निकालेको कनकाइले क्वार्टरफाइनलको खेलमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन। प्रतियोगितामा मंगलबार पनि दुई खेल हुनेछन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष