संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी सम्झौता

संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी सम्झौता
+
-

काठमाडौँ – आसन्स सहिद स्मारक ए डिभिजन लिगको संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी शुक्रबार सम्झौता भएको छ।

सहिद स्मारक ए डिभिजन क्लब संकटाले शुक्रबार एक कार्यक्रम आयोजना गरी यु क्यानसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता भएको हो।

यससँगै यु क्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्नेछ।

यु क्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबलप्रतिको लगावकै कारण क्लबलाई प्रयोजन गरेको बताए।

यस्तै, हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रूपमा जोडिएको संकटालाई बैंकले एक सिजनका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए।

उनले मुख्य प्रायोजकका लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफनो लाग्ने बताए। सोही कार्यक्रममा रवि सिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ। जसमध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावेश छन्।

सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदै छ जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन्।

नयाँ सिजनको लिग मंसिर ३ गते दशरथ रंगशालामा उद्घाटन हुने तालिका छ। जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदै छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष