‘जनगणनाले देश विकासका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्छ’

‘जनगणनाले देश विकासका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्छ’
+
-

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

शुक्रबार आफ्नै सरकारी निवास बालुवाटार पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसकेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उनले प्रश्नअनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वाससमेत व्यक्त गरे। उनले गणकले मानिसलाई सम्झाएर, बुझाएर यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘जनगणनाको धेरै ठूलो अर्थ पनि छ। यो राष्ट्रको विकासको सूचकांक हामी कसरी अगाडि बढ्दै छौँ, भविष्यमा कहाँ पुग्ने त्यसका लागि विकास निर्माणको योजना निर्माण गर्ने वडा तहदेखि, बस्ती तहदेखि राष्ट्रसम्मको योजना निर्माण गर्न तथ्यांकको ठूलो महत्व हुन्छ।’

यसमा सबै विषयवस्तुलाई समेटेर प्रश्नावली बनाइएको र त्यसअनुसार सही उत्तर दिँदा देशको सही चित्र प्रकट हुन सक्ने उनको भनाइ छ।

यसकारण सबैले गम्भीपूर्वक झिझो नमानी पहिलो कुरा त गणकले राम्रोसँग त्यहाँको घरबेटीलाई सम्झाउनुपर्ने उनले बताए।

अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरण गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण गणकलाई टिपाउन पनि सबैलाई आग्रह गरेका छन्। कात्तिक २५ गतेदेखि सुरु भएको बाह्रौं राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष