
काठमाडौँ – दोलखालाई राजधानीसँग जोड्ने मुडे-चरिकोट सडक अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रिएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकार गोकर्ण भण्डारी, श्याम खतिवडा, सिर्जन घिमिरे, राजन बस्नेत, अर्जुन कार्की छन्।
उनीहरूलाई लामोसाँघु–जिरी सडकखण्ड सुधार आयोजनाका कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको छ।
६ वर्षअघि ठेक्का लागेको उक्त सडक ठेकेदारको लापरबाही र सरकारी पक्षको बेवास्ताका कारण अलपत्र अवस्थामा छ।