दुई सांसदबारे टुंगो नलगाएसम्म संसद चल्न दिन्नौँः शंकर पोखरेल

दुई सांसदबारे टुंगो नलगाएसम्म संसद चल्न दिन्नौँः शंकर पोखरेल
+
-

बुटवल– लुम्बिनी प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले प्रदेश सभाका दुई सांसदमाथि उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नदिने बताएका छन्।

सांसदहरु अजय शाही र विमला खत्रीलाई आफ्ना सांसद दाबी गर्दै एमालेले उनीहरुलाई पदमुक्त गरेपनि प्रदेश सभा सचिवालयले शाही स्वतन्त्र र खत्री माओवादी सांसद रहेकाले पदमुक्त गर्न नमिल्ने बताएको थियो। त्यसयता संसद सचिवालय र एमालेबीच दूरी बढेको छ।

मुख्यमन्त्रीबाट बहिर्गमन भएपश्चात् पहिलोपटक संसद बैठकमा धारणा राखेका पोखरेलले सांसदहरु शाही र खत्रीबारे निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिने बताएका हुन्।

आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेता पोखरेलले प्रदेश सभा सचिवालयले आफ्नो अधिकारभन्दा बाहिर गएर दुई सांसदको बारेमा निर्णय गरेको बताएका थिए। उनले सांसद कुन दलका हुन् भनेर व्याख्या गर्ने अधिकार निर्वाचन आयोगलाई मात्रै रहेको बताए।

‘कानूनको व्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाई छैन,’ उनले भने, ‘यसबारे निर्वाचन आयोगले टुंगो नलगाएसम्म बैठक चल्न सक्दैन।’

एमालेले दाबी गर्दै आएका शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएपनि पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।

सोही आधारमा प्रदेश सभाले उनीहरुलाई एमाले सांसद मान्न नसकिने भनेपछि एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभाका सभामुखसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका छन्। जुन विचाराधीन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?