‘जलवायु परिवर्तनको प्रकोप न्यूनीकरण गर्न क्लिन इनर्जी उत्पादन बढाउनुपर्छ’

‘जलवायु परिवर्तनको प्रकोप न्यूनीकरण गर्न क्लिन इनर्जी उत्पादन बढाउनुपर्छ’
+
-

काठमाडौँ – वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले जलवायु परिवर्तनको प्रकोप न्यूनीकरण गर्न क्लिन इनर्जी (स्वच्छ ऊर्जा) को उत्पादन बढाउनुपर्ने बताएका छन्।

वन तथा वातावरण मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोप न्यूनीकरण गर्न क्लिन इनर्जी बढाउनुपर्ने बताएका हुन्। उनले क्लिन इनर्जीले नै जलवायु परिवर्तनको प्रकोप घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताए।

सचिव कँडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले पनि धेरै असर गरेको भन्दै त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए। उनले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिबद्धता भइसकेको बताए।

‘पहिलो विषय नेपालले एकदमै कम इमिसन गर्छ, पेट्रोलियम पदार्थको कारण बढेको जलवायु परिवर्तनको प्रकोप न्यूनीकरण गर्न नेपालको सबैभन्दा ठूलो कुरा क्लिन इनर्जी हो, सबै चिजलाई क्लिन इनर्जीले रुपान्तरण गर्छ, त्यसलाई घटाउन, हटाउन सहयोग गर्छ, चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छाैँ,’ उनले भने, ‘इन्डस्ट्रीमा पनि अहिले भएका पद्धतिलाई रूपान्तरण गर्छौं, भेकललाई इ.भेकलका रूपमा ट्रान्सफर्म गर्छौं, इलेक्ट्रिक भेकलका लागि १९ बिलियन यूएस डलर दिने प्रतिबद्धता भएको छ, तीन देशमा नेपाल पनि परेको छ, घोषणा भएको छ, क्लिन इनर्जीलाई प्रयोग गरेर जान्छौँ।’

सचिव कँडेलले जलवायु परिवर्तको प्रकोप कम गर्न प्रविधि र क्लिन इनर्जीलाई विस्तार गर्न मिहिनेत गर्नुपर्ने बताए। नेपालले पेरिस सम्झौताअनुसार जलवायुजन्य प्रकोप कम गर्न सम्पूर्ण प्रतिबद्धताअनुरूप काम गरेको जानकारी दिँदै सचिव कँडेलले नेपाल प्रतिबद्धताअनुरूप काम गर्ने पहिलो देश बनेको पनि बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष