हस्तकला मेलामा नबिल बैंकको साझेदारी

हस्तकला मेलामा नबिल बैंकको साझेदारी
+
-

काठमाडौँ – नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रूपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ।

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख नीरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्षसमेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ।

महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ दृष्टिकोणअनुरूप यो साझेदारी गरिएको बताइएको छ।

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ पार्टनरका रूपमा सहभागी हुन पाउँदा गौरवान्वित महसुस गरेको बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभागका प्रमुख नीरजकुमार बस्नेत डनिलले बताए।

साथै, यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुनरुत्थान गर्न आर्थिक पहुँच पु¥याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुनेसमेत उनको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष