‘न्यायालयको समस्या आफैँले समाधान गर्नुपर्छ’

‘न्यायालयको समस्या आफैँले समाधान गर्नुपर्छ’
+
-

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताएका छन्।

नेपाल बार एसोसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले न्यायालयको शुद्धीकरणको सम्बन्धमा सत्तारुढ पाँचदलीय गठबन्धनको ध्यानाकर्षण भएको बताए।

उनले न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पारे।

उनले भने, ‘पाँच दलले अस्ति ३० गते सरकारमा रहेका पाँच दलबीच एउटा समझदारी बनेको छ, सहमति बनेको छ। र, न्यायपालिकामा उठेका मुद्दाको सन्दर्भमा, कानुन व्यवसायी साथीहरूले उठाउनुभएका मुद्दाको सन्दर्भमा, न्यायालयको शुद्धीकरणको सन्दर्भमा गम्भीर रूपमा ध्यानाकर्षण भएको छ। यो न्यायालयमा रहेका समस्या छिटोभन्दा छिटो निकास दिइनुपर्छ। छिटोभन्दा छिटो संविधान, न्यायपालिकाको स्वतन्त्रता र न्यायपालिकाको मर्यादालाई ध्यानमा राखेर, छिटोभन्दा छिटो न्यायालयमार्फत नै निकास दिने पहल गरिनुपर्छ भन्ने दलहरूको अभिमत छ।’

उनले माओवादी केन्द्र पनि छिटो समस्या समाधान होस् भन्नेमा प्रतिबद्ध रहेको उल्लेख गरे। प्रमुख सचेतक गुरुङले आफ्नो पार्टीले अदालतमा देखिएको समस्या समाधानका लागि सबैलाई आग्रह गरिराखेको पनि बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष