एमाले महाधिवेशन – रुपन्देहीका एक दर्जन नेताहरु केन्द्रीय सदस्यका आकांक्षी

एमाले महाधिवेशन – रुपन्देहीका एक दर्जन नेताहरु केन्द्रीय सदस्यका आकांक्षी
+
-

बुटवल–नेकपा एमालेको महाधिवेशनमा रुपन्देहीबाट एक दर्जन नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन्।

रुपन्देहीलाई राजनीतिको आधार क्षेत्र बनाएका उपमहासचिव विष्णुप्रसाद पौडेल महासचिव वा वरिष्ठ उपाध्यक्ष भन्ने चर्चा चलिरहेकै बेला रुपन्देहीका एक दर्जन नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका हुन्।

आकांक्षा व्यक्त गर्नेहरुमा राष्ट्रियसभा सदस्य, प्रदेश सांसददेखि नगरका प्रमुख उपप्रमुखसम्म छन्। यसअघि केन्द्रीय सदस्य रहेकाहरु फेरि पनि सोही पदमा दोहोरिने चाहनाका साथ प्रचारप्रसार र शीर्ष नेताहरुसँग परामर्शमा लागेका छन्।

रूपन्देही–२ बाट महाधिवेशन प्रतिनिधि बनेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे, बुटवलकै उपप्रमुख गुमादेवी आचार्य, सावित्रा अर्याल, कमल गौतम, नेत्र पन्थी, कमला विश्वकर्मालगायतका नेताहरु दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रचारमा जुटेका हुन् ।

हाल केन्द्रीय कमिटीमा रहेका प्रदेश अध्यक्षसमेत रहेका लिला गिरी, माओवादीबाट एमाले प्रवेश गरेका दधिराम न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष एकराज बिश्वकर्मा र राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पनि दोहोरिने इच्छा व्यक्त गरेका छन्।

हाल उपमहासचिव रहेका घनश्याम भुसाल पनि रुपन्देहीकै हुन्। उपमहासचिव पौडेलको जस्तै उनको पनि कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन। उपाध्यक्षमा उनको चर्चा चलेपनि उनले मुख खोलेका छैनन्।

यस्तै हाल स्थायी कमिटि सदस्य रहेका छविलाल विश्वकर्मा र राधा ज्ञवालीले पनि उम्मेदवारी दिनका लागि कार्यकर्तामाझ माहोल बनाउन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?