राजसंस्था पुनःस्थापनाका लागि शाही युवा शक्ति नेपालले मार्चपास गर्ने

राजसंस्था पुनःस्थापनाका लागि शाही युवा शक्ति नेपालले मार्चपास गर्ने
+
-

काठमाडौं – शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि मंसिर १८ गते दिउँसो १२ बजे मार्चपाससहित वसन्तपुरमा र्‍याली गर्ने भएको छ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्था पुस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पशुपति खड्काले देश प्रधानन्यायाधीशले प्रधानमन्त्री नियुक्ति गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणाशासनको चंगुलमा परेको टिप्पणी गरेका थिए।

उनले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्र स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालले फालेको आरोप लगाए।

अध्यक्ष खड्काले काठमाडौंका नेवार समुदायको विशाल विरोधले गुठी विधेयक फिर्ता भएको स्मरण गर्दै त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फिर्ता ल्याउन सकिने बताए।

साथै, उनले शाही युवा शक्ति नेपालले मंसिर १८ गते गर्न लागेको मार्चपासमा विशेषगरी काठमाडौंवासी नेवार समुदायलाई सहभागी भइदिन पनि आग्रह गरे।

उनले दलहरूको महाधिवेशनमा युवाहरू दलको झण्डा बोकेर हिँड्न थालेकामा दुःख व्यक्त गरे। उनले अब पार्टीको झन्डा फालेर देशको झन्डा बोक्न पनि देशभरिका युवालाई आग्रह गरे।

यस्तै, कार्यक्रममा केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशको अस्तित्व नै समाप्त हुने अवस्था आएको भन्दै राजसंस्था देश र जनताको हितका लागि अपरिहार्य भएको भन्दै यसको पुनःस्थापनाका लागि आफूहरू सक्रियतासाथ अघि बढेको बताए।

त्यस्तै, पूर्वसुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता हेमशंकर गिरीले देशको एकमुठी माटो छातीमा राखेर सोच्ने बेला आएको भन्दै अब राजसंस्थाको अनिवार्य पुनःस्थापना गरिनुपर्ने बताए।

साथै, उनले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई बिर्सिएकोमा दुःख व्यक्त गर्दै अबका दिनमा राष्ट्रिय एकता दिवस नमनाए आफूहरू चुप लागेर नबस्ने बताए। साथै, उनले राष्ट्रिय जनगणनामा हिन्दूको संख्या घटाउने षड्यन्त्र भइरहेको भन्दै हिन्दूहरूलाई सचेत हुन आग्रह गरेका थिए ।

यस्तै, शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार बस्नेतले राजसंस्था स्थापना र हिन्दूराष्ट्र अखण्ड नेपालका लागि संस्थाले लामो समयदेखि सडक आन्दोलन गरिरहेको भन्दै आफूहरूलाई साथ दिन आग्रह गरेका छन्। ‘हाम्रो मुद्दालाई ओझेलमा पार्न दलहरूले महाधिवेशन गरिरहेका छन्’, उनले भने ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य रेशम मल्ल, श्याम खड्का, कृष्णराज थापालगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

उनीहरूले पनि देशमा अब राजसंस्था जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिए। राजाबिनाको देश टुहुरो भएको उनीहरूको भनाइ थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष