‘भारतीय नम्बरबाट फोन गरेर धम्की आइरहेको छ, गोली प्रहार गर्नेहरू खुल्लमखुला हिँडिरहेका छन्’

‘भारतीय नम्बरबाट फोन गरेर धम्की आइरहेको छ, गोली प्रहार गर्नेहरू खुल्लमखुला हिँडिरहेका छन्’
+
-

काठमाडौँ – सिरहास्थित मिर्चैया नगरपालिकाका स्थायी बासिन्दा रामसागर साफीले आफूलाई अंशबण्डाको मुद्दामा आफ्नै दाइले गोली प्रहार गरेर अपांग बनाएको तर सरकारका कुनै पनि निकायबाट आफूले न्याय नपाएको गुनासो गरेका छन्।

गोली प्रहार गर्ने दोषीलाई तत्काल कारबाही हुनुपर्ने उनको माग छ। रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफू अन्यायमा परेको लामो समय भए पनि अहिलेसम्म अदालतले न्याय नदिएको गुनासो गरेका छन्।

‘अंशबण्डाको मुद्दाको विषयलाई लिएर दाइ सूर्यदेव साफी, भाउजू गीतादेवी साफी र भतिज रोहित साफीको संलग्नतामा सुटर महोमद हाकी फकिरमियाँ र रविन शाहीले ममाथि दुई पटकसम्म गोली प्रहार गरे’, उनले भने।

बैसाखीको सहारामा हिँड्ने साफीले आफूमाथि तरबारसमेत प्रहार भएको बताए। ‘म अहिले अपांग भएको छु। तर, अहिले तीनै जना पीडक खुल्लमखुला हिँडिरहेका छन्,’ उनले भने ।

०७१ पुस २९ गते आफूमाथि गोली प्रहार भएको र गोलीको छर्राले घुँडामा प्वाल परेको साफीले बताए। तर, त्यतिले मात्र नपुगेर गोली प्रहार भएको ७ महिनापछि आफ्नो टाउकामै निशाना बनाएर तरबार प्रहार भएको उनले बताएका थिए।

‘०७८ जेठ २२ गते म आफ्नै औषधि पसलमा बसिरहेका बेला दोस्रो पटक गोली प्रहार भएको थियो। घटनालगत्तै घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ पनि गरेको थियो¬’, उनले भने।

तर, सिरहा जिल्ला अदालत र उच्च अदालत जनकपुरले उनीहरूलाई उन्मुक्ति दिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। उनका अनुसार दोषीहरू अहिले धरौटीमा रिहा भएका छन्।

‘सरकारी वकिलको कार्यालयमा उनीहरूले आफू संलग्न भएको स्विकारे पनि सेटिङ गरेर छुटेका छन्’, उनले भने। उनले भारतीय नम्बरबाट फोन गरेर मुद्दा फिर्ता लिन बारम्बार दबाब दिइरहेको बताए।

‘मुद्दा फिर्ता नलिए परिवारलाई नै मार्ने धम्की दिइरहेका छन्। घरको वरिपरि १०–१५ वटा बाइक ल्याएर दादागिरि देखाइरहेका छन्’, उनले भने।

उनले उक्त मुद्दा सर्वोच्च अदालतमा चलिरहेको जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष