बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ कर्जामा वृद्धि

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ कर्जामा वृद्धि
+
-

काठमाडौँ – आर्थिक वर्ष ०७८।७९ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ कर्जामा वृद्धि भएको छ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको ०७८।७९ मौद्रिक नीतिको त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.७ प्रतिशतले वृद्धि भई ४३९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रको कर्जा ४.० प्रतिशतले वृद्धि भएको थियो।

वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३१.७ प्रतिशतले वृद्धि भएको समीक्षामा उल्लेख छ। समग्रमा कर्जाको वृद्धिदर निक्षेप वृद्धिको तुलनामा उच्च छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन आर्थिक वर्षको तीन महिनामा १.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ४.९ प्रतिशतले वृद्धि भएको थियो।

यस्तै, बैंक तथा वित्तीय संस्था– लघुवित्त वित्तीय संस्थासमेत) को चुक्ता पुँजी आर्थिक वर्षको असार मसान्तमा ३९० अर्ब ४३ करोड रुपैयाँ रहेकामा असोजमा ३९१ अर्ब १४ करोड पुगेको छ।

२०७८ असोज मसान्तमा वाणिज्य बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.४ प्रतिशत, विकास बैंकको १३.६ प्रतिशत र वित्त कम्पनीको १८.८ प्रतिशत छ भने असार मसान्तमा सो अनुपात १४.१ प्रतिशत, १३.२ प्रतिशत र २२.० प्रतिशत थिए।

मौद्रिक नीतिको समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै वित्तीय पहुँच पनि बढेको छ।

आर्थिक वर्ष असार मसान्तमा वित्तीय संस्थाको शाखा संख्या १० हजार ६ सय ८३ रहेकामा असोज मसान्तमा ११ हजार ३९ पुगेको छ।

सो अवधिमा प्रतिबैंक ९२ शाखा घटेर २ हजार ७ सय ५२ कायम भएको छ।

यसैगरी, नेप्से सूचाकांक पनि घटेको छ। आर्थिक वर्ष असार मसान्तमा २ हजार ८ सय ८३.४ रहेको नेप्से सूचकांक असोज मसान्तमा २ हजार ६ सय ५७ पुगेको छ। बजार पनि घटेको छ। असार मसान्तमा ४०१० अर्ब ९६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण असोज मसान्तमा ३७१९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष