
बुटवल – नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन्। पन्थी १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी वेदबहादुर थापा मगरले ३८४ मत ल्याए।
सभापतिमा निर्वाचित पन्थी पार्टी नेता रामचन्द्र पौडेल पक्षका हुन् भने पराजित हुने थापा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।
उपसभापतिमा अनन्तराम पौडेल एक हजार १८७ र शिवबहादुर खत्री एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन्।
सचिवमा जगदीश भट्टराई ९९१ र भगतसिंह खड्का एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन्। सहसचिवमा छविलाल पाण्डे एक हजार १३३ मत र धर्मराज पाण्डे ८५० मत ल्याएर निर्वाचित भएका छन्। महाधिबेशनका लागि एक हजार ७६१ जना प्रतिनिधि रहेका थिए।
त्यसमध्ये एक हजार ६९३ मत खसेको थियो।
शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो।