यी ‘हेभिवेट’ कांग्रेस नेताहरुले महाधिवेशन प्रतिनिधिमै हारे

यी ‘हेभिवेट’ कांग्रेस नेताहरुले महाधिवेशन प्रतिनिधिमै हारे
+
-

बुटवल- कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कांग्रेस महाधिवेशन प्रतिनिधिमा हार बेहोरेका छन्।

नगरप्रमुखको चुनाब जितेका सिंह पार्टीभित्र भने पराजित भएका हुन्।

कांग्रेसका क्षेत्र र जिल्लाका चुनाबहरुमा ‘हेभिवेट’ मानिएका नेताहरुले नै चुनाव हारेका छन्।

सिंहजस्तै कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश र संघीय निर्वाचन क्षेत्रको अधिवेशनमा पदाधिकारी, महाधिवेशन प्रतिनिधि र जिल्लातहमा उम्मेदवारी दिएका पुराना नेताहरु नै पराजित भएका छन्।

पार्टीभित्र प्रभावशाली र आदर्श नेता मानिनेहरुले चुनाब हार्दा पार्टीमा कम योगदान दिएका, उद्योगी व्यवसायी र आर्थिक चलखेल गर्नसक्नेहरुले जितेका छन्।

यसलाई पार्टीभित्रको गुटउपगुटको राजनीतिले मलजल गरेको छ।

रुपन्देहीका प्रभावशाली र सिद्धान्तप्रति प्रतिबद्ध मानिने नेता युवराज गिरीले महाधिवेशन प्रतिनिधिको चुनाब हारे।

रुपन्देही क्षेत्र न. २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार गिरी जिल्ला नेतृत्वका दावेदार थिए।

तर, उनी महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उनका लागि जिल्लाको नेतृत्व गर्ने ढोका बन्द भयो।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले नेता विष्णु पौडेलसँग चुनाबी मैदानमा उत्रिएका गिरीले पार्टीभित्रै हार्दा रुपन्देही २ बाटै पार्टी राजनीतिमा नयाँ र उद्योग व्यवसायमा सक्रिय भएकाहरुले जितेका छन्।

यो के को संकेत हो? जवाफमा गिरी भन्छन्-`पार्टीमा शीर्ष तहबाटै आफुअनुकुल र आफु बलियो हुनकै लागि गुटहरु बने, चाहेर नचाहेर पनि ती गुटको सहारा लिनुपर्ने भयो, अर्कोतिर पार्टी राजनीतिलाई प्राथमिकता नदिएका उद्यम गरिरहेका व्यक्तिहरु राजनीतिमै आउँदा सुरक्षित ठानेर यतै आए, उनीहरुले जे जसरी सकिन्छ चुनाब जित्नेतिर लागे, म पार्टी सिद्धान्त र आदर्शभन्दा बाहिर जान सकिन।’

उनी पञ्चायतकालमा काँग्रेसका नेताहरुलाई संरक्षण गरेका पूराना काँग्रेस नेता स्व. पुष्पानन्द गिरीका छोरा हुन्।

२०४० सालको सुरजपुरा हत्याकाण्डका पिडित परिवार समेत हुन्।

तर, काँग्रेसमा लामो योगदान गरेको भएपनि कार्यकारी पदमा भने उनी कहिल्यै पुग्न पाएका छैनन्।

महाधिवेशन प्रतिनिधिमा चिनिएका उम्मेदवारले हार्दा उद्योग र व्यवसायमा सक्रिय भएका र राजनीतिलाई प्राथमिकता नदिएका व्यक्तिहरुले भने सहजै चुनाब जितेका छन्। लुम्बिनी प्रदेशका जिल्लाहरुको नतिजापछि प्रदेश सांसद रमा अर्याल भन्छिन्-`पार्टीमा गुटका कारण यस्तो भएको हो, योगदानको चर्चा भएन, को कसको मान्छे भन्ने कुरा मात्रै चर्चा भयो, यसले पार्टीलाई सही दिशातर्फ लग्दैन, नेतृत्वले समयमै सोच्नुपर्छ।’

गृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको सहयात्री गिरी यो पटक महाधिवेशन प्रतिनिधिमा हार बेहोरेपछि पार्टीमा समीक्षाको समय आएको बताउँछन्।

पार्टी सभापति शेरबहादुर देउवासमूहबाट उमेदवार बनेका उनी आफुलाई पार्टी सभापतिको दाबी गर्ने पूर्वानुमानकै कारण योजनाबद्ध तरिकाले हराइएको बताउँछन्। ‘म चुनाब जितेको भए स्वभावत: जिल्लामा पार्टी सभापतिको दाबेदार थिएँ, यसकारण पनि मलाई त्यहीँबाट अघि बढ्न दिनुहुँदैन भनेर योजनाबद्ध तरिकाले हराइयो- उनी भन्छन्- अर्को कुरा, हामीले पार्टीको सिद्धान्त, समस्या र चुनौतीबारे र नयाँ पूस्तालाई पार्टीबारे राम्रोसँग प्रशिक्षित गर्न सकिएनछ, ममात्रै हारेको छैन, मभन्दा पूराना र धेरै योगदान दिएका व्यक्ति हार्नुभएको छ, यसको अर्को एउटा कारण हो, पार्टीका लागि को आवश्यक हो र होइन भन्ने कुरा बुझाउन सकिएनछ।’

गिरीजसरी नै काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए। जिल्ला सभापतिका बलियो दावेदार रहेका ढकाल निर्वाचन क्षेत्र न. ३ को महाधिवेशन प्रतिनिधिमा पराजित भए। पार्टी नेता रामचन्द्र पौडेलको समूहबाट चुनाब लडेका उनका लागि यसपटक महाधिवेशनको ढोका बन्द भएको छ।

लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा गुट र नेतृत्वको स्वार्थका कारण पार्टीमा लामो योगदान गरेका नेताहरु कार्यकर्ताबाटै पराजित भएका छन्। रुपन्देहीमा प्रदेश सभा सदस्य रमा अर्याल, नेविसंघ केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, काँग्रेस रुपन्देहीका पूर्व उपसभापति विजय शर्मा, पूराना नेता प्रदेशसभाका उम्मेदवार हरिध्वज मल्ल, हेमराज अर्याल, सोमनाथ शर्मा, जोगबहादुर खत्री, अल्छी गोपाल पाण्डे, गोविन्द लम्साल पराजित भएका छन्। कपिलवस्तुमा राष्ट्रिय सभाका सदस्य दीर्घ नारायण पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल र कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह पराजित भए। अर्घाखाँचीमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, कांग्रेस पूर्वजिल्ला सचिव छविलाल पौडेल, पूर्व कोषाध्यक्ष कृष्णबहादुर ज्ञवाली, क्षेत्रीय सभापति केशवराज कुँवर, छत्रदेव गाउँपालिकाकी उपप्रमुख तुल्सीदेवी श्रेष्ठ, नेविसंघ पूर्वसहमहामन्त्री ललिता सुनार, तरुणदल जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघ जिल्ला अध्यक्ष भरतमणि भट्टराई, नेताहरु हरि आचार्य, बालकृष्ण पाण्डेले महाधिवेशन प्रतिनिधि हारे। यस्तै पाल्पामा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, नेविसंघ महामन्त्री महेश्वरी कुँवर, पूर्वसचिव माधव नेपाल, प्रतिनिधि सभा सदस्यका उम्मेदवार विजय घिमिरे, रामपूरकी उपप्रमुख विष्णुदेवी आचार्य घिमिरेले पनि महाधिवेशन प्रतिनिधि हारेका छन्।

यसरी महाधिवेशन प्रतिनिधिमा चिनिएका उम्मेदवारले हार्दा उद्योग र व्यवसायमा सक्रिय भएका र राजनीतिलाई प्राथमिकता नदिएका व्यक्तिहरुले भने सहजै चुनाब जितेका छन्। लुम्बिनी प्रदेशका जिल्लाहरुको नतिजापछि प्रदेश सांसद रमा अर्याल भन्छिन्-`पार्टीमा गुटका कारण यस्तो भएको हो, योगदानको चर्चा भएन, को कसको मान्छे भन्ने कुरा मात्रै चर्चा भयो, यसले पार्टीलाई सही दिशातर्फ लग्दैन, नेतृत्वले समयमै सोच्नुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?