नाडाको अध्यक्षमा करण चौधरीले उम्मेदवारी दिने

नाडाको अध्यक्षमा करण चौधरीले उम्मेदवारी दिने
+
-

काठमाडौँ– अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा एसोसिएसन अफ नेपालको अध्यक्ष पदका लागि अटो व्यवसायी करण चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन्।

राजधाीमा एक कार्यक्रम गरी ‘नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन, अटुट विश्वास’ भन्ने नारासहित अटो व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

मंसिर २२ र २३ गते हुन गइरहेको नाडाको निर्वाचनका लागि चौधरीले आफ्नो उम्मेदवारीसहित प्यान घोषणा गरेका हुन्।

उनले आफू विजयी भएपछि नेपालमा अटोमोबाइल उद्योगको विकासलाई प्राथमिकता दिने बताए। उनले अटोमोबाइल क्षेत्र सबैलाई समेटेर टिम बनाएको जानकारी दिए।

चौधरीको टिममा अटो क्षेत्रलाई प्रतिनिधित्व गर्ने चारपांग्रे, दुईपांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस्, हेभी इक्युपमेन्ट, सबै क्षेत्रलाई समेट्ने गरी अनुप बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, नीलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनील रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईलाई राखिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष