यु–१९ क्रिकेटः सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

यु–१९ क्रिकेटः सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश
+
-

काठमाडौँ – बागमती प्रदेशमाथि ८ विकेटको सानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो। ६ खेलमध्ये ४ खेलमा जित निकालेको सुदूरपश्चिमले राम्रो रन रेट बनाउँदै शीर्ष दुईमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरेका थिए। कप्तान खडक बोहराले ५ रनको पारी खेल्दा वसन्त कार्की ११ रनमा पवेलियन फर्किए।

सुदूरपश्चिमको दुई विकेट निकाल्ने क्रममा बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो। बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बागमती प्रदेशविरुद्ध कसिलो बलिङ गर्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले सबैभन्दा धेरै ५ विकेट हात पारे। धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर गर्दै १९ रन खर्चिएका थिए। यस्तै, शेर मल्लले पनि बागमतीविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार विकेट निकाले। ५.१ ओभर बलिङ गरेका मल्लले ३१ रन खर्चिन पुगेका थिए।

यससँगै राजधानीमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगितामा राउन्ड रोविन लिगका खेल सकिएका छन्। प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष