सन्दीप लामिछानेलाई पोखरामा स्वागत र सम्मान

‘देश चिनाउने सानैदेखिको सपना पूरा भयो’

+
-

पोखरा- नेपाली क्रिकेटका उदीयमान नक्षत्र सन्दीप लामिछानेलाई पोखरामा भव्‍य स्वागत एवं सम्मान गरिएको छ।

पोखरा अटोवेज प्रालि र प्रतिभा उच्च माविको संयुक्त आयोजनामा सन्दीपलाई नगद रु १ लाख सहित एक समारोहकाबीच सम्मान गरिएको हो।

प्रदेश नं ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले नगद रु. एक लाखको चेक र सम्मानपत्र सहित उनलाई सम्मान गरेकी हुन्।

सन्दीपलाई बधाई दिदै मन्त्री पुनले समृद्ध र सुखी नेपाली बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताइन्। छोटो भाषण गर्दै मन्त्री पुनले भनिन् ‘सन्दीप नेपालका गहना हुन्।

प्रदेश र संघीय सरकारको समन्वयबाट खेलाडीको सम्मान र उज्जवल भविष्यकोलागि मैले पहल गर्नेछु।’ उनले अब खेलाडिको भविष्य उज्जवल हुने दाबी गरिन्।

क्रिकेटर सन्दीप लामिछानेले आफ्नो भव्‍य स्वागत र सम्मानले आफूलाई खेल जगतमा अझै काम गर्न उत्साह थपेको बताए। उनले देशलाई चिनाउने सानै देखिको सपना पुरा भएको भन्दै कुनै न कुनै क्षेत्रबाट नेपाल र नेपाली आमालाई माथि उठाउनु पर्ने बताए।

उनले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अनुशासन पालना गर्न विद्यार्थी भाइबहिनीलाई आग्रह गरे।पत्रकार महासंघका कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आइपिएल खेलेर फर्किएका सन्दीपले नेपालको शीर उचो बनाएको बताए।

अटोवेज प्रा लि र प्रतिभा उच्च माविका अध्यक्ष नारायाण पौडेलले नेपाली क्रिकेटरका उदीयमान नक्षत्र सन्दीप लामिछाने खेलप्रेमिहरुका प्रेरणाको स्रोत भएको बताए। सन्दीप क्रिकेटका स्टार भएको भन्दै उनको सम्मानले विद्यार्थी भाइबहिनीलाई हौसला प्रदान गरेको बताए।

पौडेलले खेलाडि राष्ट्रका साझा गहना भएको भन्दै उनीहरुको सम्मान सबै क्षेत्रबाट हुनु पर्ने धारणा राखे।सन्दीपका फया्नहरुले उनको सम्मानमा हुटिङ्ग गर्दै अटोग्राफ लिन घुँइचो लागेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?