काठमाडौँ- बुवाआमाले निर्धारित गरेको विवाहलाई अस्वीकार गरी भूमिगत राजनीतिको अनिश्चित तर अठोटसहितको यात्रामा निस्किन् अष्टलक्ष्मी शाक्य २०३६ सालमा।
२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि मात्रै उनको भूमिगत जीवन सकियो।
नेकपा एमाले स्थायी समिति सदस्य शाक्य ६४ वर्षको उमेरमा प्रदेश सभाको सदस्य चुनिएकी छन् बामगठबन्धनबाट। प्रदेश तीनको भावी मुख्यमन्त्रीको दायित्व वहन गर्न तयार रहेको बताउँछिन् उनी।
परिवारिक पृष्ठभूमि, राजनीतियात्रा, संघर्ष, सफलता र भावी सपना देशसञ्चारकी दीपा दाहालसँग खोलिन् अष्टलक्ष्मी शाक्यले।