एसीसी यु–१९ एसिया कपः नेपाली खेलाडीको तयारी तीव्र

एसीसी यु–१९ एसिया कपः नेपाली खेलाडीको तयारी तीव्र
+
-

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स युएईमा आयोजना हुने एसीसी यु–१९ एसिया कपका लागि नेपाली युवा खेलाडीले तयारीलाई तीव्रता दिएका छन्।

उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो राष्ट्रको परिचय पाएको नेपालले प्रतियोगितामा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्दै छ।

विश्वकपपछिकै ठूलो प्रतियोगिताका रूपमा हेरिने एसियाकपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यसाथ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा तयारीलाई तीव्रता दिइरहेको छ।

कुनै उमेर समूहका खेलमा बलियो राष्ट्रको परिचय बनाएको नेपालले एक सातापछि युनाइटेड अरब इमिरेट्स (युएई) मा एसीसी यु–१९ एसिया कप खेल्दै छ।

कोरोना महामारीका कारण तय भएका केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो।

एसियाकपमा टेस्ट मान्यता राष्ट्र बंगलादेश, श्रीलंका र कुवेतले प्रतिस्पर्धा गर्दै छन्। सोही कारण एसियाकपलाई विश्वकपपछिकै ठूलो प्रतियोगिताका रुपमा हेरिने गरिएको छ।

भर्खरै सम्पन्न वाईवाई यु–१९ प्रतियोगिताबाट छनोट भएका युवा खेलाडीले तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यसाथ अभ्यासलाई तीव्रता दिइरहेका हुन्।

नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका प्रशिक्षक वसन्त शाही ठकुरीले छोटो समयको तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यसाथ खेलाडीले मिहिनेत गरिरहेको र सेमिफाइनलसम्म लक्ष्य भएको बताए।

हालै सम्पन्न वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टोलीमा अटाएका खेलाडीले कम्तीमा पनि ६ खेल खेल्न पाएका कारण तयारीमा सहयोग पुगेको शाहीले औँल्याएका छन्।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताले युवा खेलाडीलाई खेल सुधारका लागि निकै सहयोग पुगेको भन्दै प्रशिक्षक शाहीले युवा खेलाडी रहेका कारण टिम सन्तुलित रहेको र बलियो राष्ट्रसँग राम्रो चुनौती दिनेमा आशावादी छन्।

मुख्य प्रशिक्षक शाहीले यू–१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडी टिम समेटिएको भन्दै ब्याटिङ पक्षमा कमजोरी नभएको बताए। तर, खेलाडीको फिटनेस र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन्।

त्यसका लागि केही दिन बाँकी रहेको भन्दै प्रतियोगिताको मितिसम्म सुधार हुने शाहीले अपेक्षा राखेका छन्।

समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट राष्ट्र जस्तैः भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्नेछ।

नेपाली टोलीका प्रभावशाली खेलाडी देव खनाल पनि प्रशिक्षकले भनेजस्तै अहिलेको टोलीमा दुवै ब्याटिङ र बलिङ पक्षमा सबल भएको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी छन्।

हालै सम्पन्न वाईवाई यु–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देव खनालले व्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताले राम्रो गर्न हौसला मिलेको बताए।

अर्का खेलाडी शेर मल्लले घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय खेलमा पनि निरन्तरता दिँदै टोलीलाई सुखद नतिजा दिलाउन सहयोग गर्ने बताए।

डिसेम्बर २३ देखि युएईमा हुने प्रतियोगितामा ८ टोली एकदिवसीय संरचनामा प्रतिस्पर्धा गर्नेछन्। आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छन्। जसअन्तर्गत नेपाल समूह ‘बी’मा परेको छ।

समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध डिसेम्बर २३ युनाइटेड अरब इमिरेट्सको शारजाहमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ।

यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ। यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान छन्। दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ र फाइनल खेल जनवरी १ मा हुनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष