मापदण्ड विपरीतका १५ वटा पानी उद्योग कारबाहीमा

मापदण्ड विपरीतका १५ वटा पानी उद्योग कारबाहीमा
+
-

नेपालगञ्ज– नेपालगञ्जमा मापदण्ड पूरा नगरी सञ्चालित दर्जनभन्दा बढी पानी उद्योग कारबाहीमा परेका छन्। मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पानीमा समेत उद्योगबाटै लापरबाही भएको पाइएको हो।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मंसिर तेस्रो साता गरिएको संयुक्त अनुगमनका क्रममा १५ वटा पानी उद्योग कारबाहीमा परेका हुन्।

१५ वटा पानी उद्योगमध्ये ५ वटाको उत्पादन बन्द, दुई वटाको सिलबन्दी, दुई वटा नवीकरण प्रक्रियामा आएको र ६ वटा उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त टोलीले मंसिर १७ देखि २६ सम्म गरेको अनुगमनमा श्री नेपाल पानी उद्योग, ड्यु ड्रप ड्रिकिङ वाटर इन्डस्ट्रिज, सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिज, जय माँ वैष्णवी पानी उद्योग, अनमोल ड्रिंकिङ वाटर इन्डस्ट्रिज, न्यू सगरमाथा पानी उद्योग, अक्वा नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रिज, एचओ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, आरआर ड्रिंकिङ वाटर इन्डस्ट्रिज, आरम्भ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, मुक्तिनाथ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, जेके ड्रिंकिङ वाटर इन्डस्ट्रिज, न्यू लहर ड्रिंकिङ वाटर इन्डस्ट्रिज र जिया नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रिजले मापदण्ड पूरा नगरेका हुन्।

कारबाहीमा परेका पानी उद्योगले मापदण्ड पूरा गरेर निवेदन दिएमा संयुक्त टोलीको पुनः अनुगमनपछि मापदण्ड पुगेको देखिएमा मात्रै सञ्चालन गर्न दिइने प्रजिअ खत्रीले बताए। उत्पादन रोक्का गरिएको श्री नेपाल पानी उद्योगलाई भने मापदण्ड पूरा गरेकाले सञ्चालनको अनुमति दिइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष