सरकारले खडा गर्दै छ विद्युत व्यापार कम्पनी

सरकारले खडा गर्दै छ विद्युत व्यापार कम्पनी
+
-

काठमाडौँ – सरकारले विद्युत् व्यापार कम्पनी खडा गर्ने भएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन्। उनले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै सेयर भएको र अन्य विद्युत् उत्पादन कम्पनी र विद्युत् विकास लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडिसीएल)सँग वित्तीय कारोबार गर्ने समेतको सेयरबाट लाइसेन्स लिएको बताइन्।

उनले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसैअनुसार कार्यविधि बनाइरहेको बताइन्। उनले अब विद्युत् व्यापार लाइसेन्स जलविद्युत्को लाइसेन्सजस्तो नहुने पनि स्पष्ट पारिन्।

मन्त्री भुसालले भनिन्, ‘हिजोको क्याबिनेटबाट हामीले अब विद्युत् व्यापार गर्ने काम नेपाल विद्युत् प्राधिकरणले गथ्र्याे, हिजोदेखि विद्युत् व्यापार कम्पनी खडा गरेर एनइएअन्तर्गत एनइएको सबैभन्दा धेरै सेयर र अरू हाम्रा विद्युत् उत्पादन कम्पनी र एचआईडिसीएल हाम्रो वित्तीय कारोबार गर्नेसमेतको सेयरबाट त्यो हिजो मात्रै हामीले लाइसेन्स लिएका छौँ। अब निजी क्षेत्रले पनि व्यापार गर्छौैं भन्नुभएको छ। त्यसलाई दिनको निम्ति पनि कार्यविधि अघि बढाएका छौँ। यो हुने छैन कि, हिजो जलविद्युत्को लाइसेन्सजस्तै एकले अर्को–अर्को भनेर लाइसेन्सको व्यापारजस्तो भएको थियो, विद्युत् व्यापारलाई त्यो ढंगको लाइसेन्स व्यापार गर्न दिने छैनौँ। जसले साँच्चै गर्नुहुन्छ उहाँहरूलाई लाइसेन्स दिनेछौँ।’

मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत् नभएकाले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने बताइन्। त्यसका लागि प्रदेश १ को दूधकोसी, गण्डकीको बूढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको बताइन्। उनले जलाशययुक्त जलविद्युत् निर्माण खर्चिलो हुने भएकाले यो राज्यले नै बनाउने बताइन्।

उनले भनिन्, ‘हामीकहाँ पिआर र रिजर खालको जलविद्युत् छैन, एउटा कुलेखानीबाहेक। अरू हाम्रो आरोआरको भएको हुँदा मैले भनेको थिएँ हामी जलाशययुक्त जलविद्युत् आयोजना बनाउने भनेका छौँ। यो निर्माणमा अलि खर्चिलो हुने भएकाले यसमा निजी क्षेत्र आकर्षित छैन। त्यसैले सरकार र सरोकारवाला निकाय अब यो रिजर खालका जलविद्युत् आयोजना बनाउने भनेका छौँ। केही त हामी अन्तिम चरणमा पुगेका छौँ। प्रदेश २ छाडेर ६ वटा नै प्रदेशमा एक–एक वटा रिजर जलविद्युत् आयोजना निर्माण गर्न लागेका छौँ। त्यसमध्ये प्रदेश १ को दूधकोसी, नजिक–नजिक पुग्दै छौँ। बागमतीमा कुलेखानी भएकाले अर्को सोचेका छैनौँ। गण्डकीको बूढीगण्डकी, त्यसलाई पनि अलि छिट्टै निष्कर्षमा पु¥याउनेछौँ। लुम्बिनीको नौमुरे २५५ मेगावाटको यो अध्ययनको अन्तिम चरणमा छ। त्यो बहुउद्देश्यीय हो, सिँचाइ प्लस जलविद्युत्, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती, सेती जलविद्युत् आयोजनाको रि अध्ययन भइरहेको छ। खर्चिलो हुन्छ तर, विद्युत् सेवा प्रवाहमा धेरै गुणात्मक प्रभाव पार्छ, त्यसैले यो राज्यले बनाउनुपर्छ।’

उनले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत् नभएकाले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने बताइन्। त्यसका लागि प्रदेश १ को दूधकोसी, गण्डकीको बूढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको बताइन्। मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् निर्माण खर्चिलो हुने भएकाले यो राज्यले नै बनाउने बताइन्।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युत्को लोड बढेकाले काठमाडौंमा बिजुली गइरहेको बताए। उनले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बिजुली गइरहेको बताए। उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो डिमान्ड गत सालको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ। इन्डक्सनदेखि सबै इक्विपमेन्ट प्रयोग भयो कि जस्तो देखिन्छ। त्यसले गर्दा ३ सय, ४ सय मेगावाट डिमान्ड बढेको छ। त्यसले काठमाडौं उपत्यकामा पनि ४ सय ५० मेगावाट डिमान्ड छ। अब काठमाडौंमा अलिकति ठाउँ–ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ।

बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ। हाम्रो त्यो पिकको टाइममा केही ट्रान्सफर्मर ओभरलोडिङ भएको देखिन्छ। त्यसलाई तत्काल हामीले रिफ्लेस गरेर अर्को ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ। त्योे ट्रान्सफर्मर हामीले एफ्रेटिक पनि गर्न सक्दैनौँ। आज २०० केबीएको ट्रान्सफर्मरमा १०० केबीएको लोड हुने ठाउँमा एकैपटक २०० को लोड आइदिन पनि सक्छ। कसैले त्यो एरियामा एसी, इन्डक्सन लगायो भने जाडोले गर्दा भार बढ्न सक्छ प्रेडिक्ट तत्काल हुँदैन।त्यो आउनासाथ ट्रान्सफर्मर चेन्ज गर्ने काम भइराखेको छ, त्यो चेन्ज गर्दा समय लाग्ने भएकाले केही समस्या आएको हो। यो समस्या पिक लोडमा ट्रान्सफर्मर चेन्ज गर्नुपरेकाले आएको हो। जायिकाको १५० मिलियनको फन्ड आउँदै छ, यो काठमाडौंमै गर्दै छौँ। काठमाडौं र पोखराको मेन–मेन क्षेत्रमा अन्डराग्राउन्ड केबलिङ गर्दै छौँ। १३२ को, दरबारमार्ग क्षेत्र, रत्नपार्क क्षेत्रमा १३२ केबीए अन्डरग्राउन्ड ल्याएर हामीले सबस्टेसन २ हजार मेगावाट आए पनि त्यसलाई दिन सक्ने गरी निर्माण गर्दै छौँ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फन्ड आइरहेको र त्यो फन्ड काठमाडौं र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा हुने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष