सट्टेबाजी गराउने फुटबल खेलाडीसहित ६ पक्राउ

सट्टेबाजी गराउने फुटबल खेलाडीसहित ६ पक्राउ
+
-

काठमाडौँ– क्रिकेट तथा फुटबल खेलमा ठूलो रकमको सट्टेबाजी, बेटिङ्ग’ गर्ने ६ जना काठमाडौँबाट पक्राउ परेका छन्। प्रहरीले मंगलबार राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अञ्जन केसीसहित पाँचजनालाई पक्राउ गरेको हो।

बेटिङ्गका नाइके गौरव तिवारी रहेको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। सिभिल मलमा रहेको डि–सिनेमाका मालिक तिवारीले देशभरमा बेटिङ्ग गराउने गरेको प्रहरीले जनाएको छ।

गौरवको अगुवाइमा  २४ वटा एकाउन्ट बनाएको र लोकल एजेन्ट खोजेर एकाउन्ट दिने र त्यसमार्फत ग्राहक बनाउने गरेका थिए। ठूलो रकम आएमा त्यसलाई गौरवले बाहिर पठाउने गरेका थिए।

गौरवले पहिला नागराज भनिने भारतीय नागरिक अमित अग्रवालसँग मिलेटर बेटिङ्ग गराउने गरेका थिए। तर ग्याङ्ग फुटेर नेपालमा गौरव एक्लैले बेटिङ्गको नेतृत्व गर्दै आएका थिए।

राष्ट्रिय टोलीका पूर्व फुटबल खेलाडी अञ्जनले ललितपुरको बेटिङ्ग कारोबार सम्हाल्दै आएका थिए। उनीहरुले एक खेलका लागि २५ हजारदेखि १४ लाख रुपैयाँसम्मको बेटिङ्ग गर्ने गरेका थिए।

उनीहरुले भर्खरै सकिएको इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा बेटिङ्ग गरेका थिए। यस्तै उनीहरुले च्याम्पियन्स लिगसहितका विश्वका ठूला प्रतियोगितामा बेटिङ्ग गर्ने गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?