
काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यसाथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
यसै क्रममा बैंकले नवलपरासीको सुनवल नगरपालिका, जर्गाहामा पुस९ गतेबाट ८९औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।