रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए
+
-

रसुवा – रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय रसुवाले अभियान स्वरूप जिल्लाको चार वटा गाउँपालिकामा गरेको फोटोसहितको मतदाता नामावली संकलनमा १६ सय ३९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । जसमा ८ सय ६५ जना पुरुष र ७७४ जना महिला रहेको उनले बताए।

जिल्लाको चार वटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणअन्तर्गत गएको मंसिर १७ देखि २६ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा आमाछोदिङ्मो गाउँपालिकामा २ सय ४९ जना र नौकुण्ड गाउँपालिकामा ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरि दोस्रो चरणअन्तर्गत मंसिर २९ देखि पुस ९ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा उत्तरगया गाउँपालिकामा ४ सय ८० जना र कालिका गाउँपालिकामा ४ सय ९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाईकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरूप अघि बढाइएको थिएन। निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य भइरहने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।

स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पनि सक्किँदैछ । रसुवामा २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार ८ सय ५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष