काठमाडौँका सबै क्षेत्रमा सिजी नेट उपलब्ध हुने

काठमाडौँका सबै क्षेत्रमा सिजी नेट उपलब्ध हुने
+
-

काठमाडौँ– काठमाडौँका सबै क्षेत्रमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवाप्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको छ।

सिजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम भएको जानकारी दिए।

‘हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौँ।’

इन्टरनेट प्रयोगकर्ताले सिजी नेटप्रति देखाएको विश्वासले आफूहरूलाई हौसला प्रदान गर्दै थप जिम्मेवार बनाएको पनि उनले बताए।

९ सय ९९ रुपैयाँमै १२० एमविपिएस गतिसहितको योजनाले सुरुबाटै चर्चा बटुल्न सफल सिजी नेटले ६ सय ४९ रुपैयाँमै ५० एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ। नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ।

जेठमा काठमाडौंका सीमित क्षेत्रबाट इन्टरनेट सेवा सुरु गरेको सिजी नेटले आफूलाई काठमाडौंका सबै भूभागमा पु¥याउँदा ग्राहकसंख्या १० हजार नाघेकोे जनाएको छ। सस्तो मूल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेहरूका लागि सिजी नेट सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीको दाबी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष