राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि
+
-

काठमाडौँ – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ।

बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार र लाइट वेट च्याम्पियनले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका–१३ ले सहयोग गरेको छ।

प्रतियोगिता सञ्चालन गर्न १५ लाख खर्च लाग्ने बताइएको छ। जलवायु दिवसको उपलक्ष्यमा दोस्रो आरडब्लु विन्टर स्लाम सिन्धुपाल्चोकको वुफडाँडामा आइतबारदेखि हुने श्रेष्ठले जानकारी दिए।

जिल्ला विकास समन्वय समिति सिन्धुपाल्चोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो। हेभी वेट च्याम्पियनले ७५ हजार, हाडकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार र लाइट वेट च्याम्पियनले ३५ हजार पुरस्कार पाउनेछन्। उक्त प्रतियोगिताको अनुमानित लागत १० लाख रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष