
काठमाडौँ – एनएमबी बैंक र हिमालय दृश्य होटल, धुलिखेलबीच सम्झौता भएको छ। उक्त सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो।
सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका हुन्।
अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबी बैंकले छुटका लागि सहकार्य गरेको हो।
बैंकले आफ्नो सेवा वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आएको छ। एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।