बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिन माग

बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार दिन माग
+
-

खोटाङ – नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले नेपाल सरकारको बजेट वक्तव्यबमोजिम बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन माग गरेको छ।

जिल्लाका सबै स्थानीय तहलाई शुक्रबार ज्ञापन–पत्र बुझाउँदै शिक्षक संगठनले नेपाल सरकारको ०७८–०७९ को जारी बजेट वक्तव्य अनुसार प्रारम्भिक बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने व्यवस्था कार्यान्वयनको माग गरेको हो ।

जिल्लाका कतिपय स्थानीय तहले सरकारको बजेट वक्तव्यमा उल्लेख भएअनुसार बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार पारिश्रमिक उपलव्ध गराउन थाले पनि कतिपय स्थानीय तहले त्यसको कार्यान्वयनमा बेवास्ता गरिरहेको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका सचिव नवीन चाम्लिङले बताए ।

सरकारको बजेट वक्तव्यमा प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउन भनिएको छ । त्यसमध्ये नेपाल सरकारले ८ हजार र बाँकी रकम सम्वन्धित स्थानीय तहले व्यहोर्ने उल्लेख छ ।

त्यस्तै, एवं शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयको गत ३१ असोजको मन्त्रीस्तरिय निर्णयबाट पारित कार्यक्रम कार्यान्वयन पुस्तिकामा पनि वालविकास शिक्षक तथा विद्यालय कर्मचारीले मासिक १५ हजार पारिश्रमिक पाउनुपर्ने उल्लेख भएको शिक्षक संगठनको ज्ञापन–पत्रमा भनिएको छ ।

“सरकारद्वारा पारित बजेट बक्तव्यलाई ऐन सरह मानिन्छ । अतः सरकारद्वारा निर्धारित पारिश्रमिक श्रमजीवी शिक्षक तथा कर्मचारीले पाउने अधिकार राख्दछ,” ज्ञापन–पत्रमा भनिएको छ, “पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्ने पालिकाप्रति धन्यवाद व्यक्त गर्दै आंशिक रुपमा कार्यान्वयन गर्ने र गर्दै नगर्ने पालिकामा चालु आर्थिक वर्षको साउनदेखि तोकिएको तलव भत्ताको व्यवस्था कार्यान्वयनको जोडदार माग गर्दछौँ ।” ज्ञापन–पत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कट्वाल र सचिव चाम्लिङको हस्ताक्षर गरेका छन्।

खोटाङका १० पालिकामध्ये जन्तेढुंगा, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाले प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा शतप्रतिशत कार्यान्वयन गरिसकेको छ।

यस्तै, बराहपोखरी गाउँपालिकाले पनि कर्मचारी बाहेक बालविकास केन्द्रका शिक्षकलाई निर्धारित पारिश्रमिक निकासा दिन थालेको छ । साकेला र रावाबेँसी गाउँपालिकाले पनि दोश्रो त्रैमासिकदेखि माग फारम पेस गर्न निर्देशन दिएको र सोहीअनुरुप सम्वन्धित शाखामा माग फाराम पेस भइसकेको जनाइएको छ।

तर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने प्रारम्भिक बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई हालसम्म तदनुरुपको पारिश्रमिक दिन सुरु गरेका छैनन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष