तस्करीबीच किन फुकुवा भयो काँचो सुन ल्याउन

तस्करीबीच किन फुकुवा भयो काँचो सुन ल्याउन
+
-

काठमाडौं- सरकारले विदेशबाट आउँदा काँचो सुन ल्याउन पाउने ब्यवस्था गरेको छ। अब विदेशबाट आउँदा एक सय ग्रामसम्म काँचो सुन बाेक्न वा ल्याउन पाइने छ।

यसअघि विदेशबाट आउँदा अधिकतम ५० ग्रामसम्म तर तयारी सुन लिएर आउन पाइन्थ्यो। केही वर्षअघि मात्र काँचो सुन ल्याउन पाईने ब्यवस्था हटाईएको थियो। नेपालमा

नेपाल राष्ट्र बैंकले विदेशबाट काँचो सुन ल्याएर स्थानीय विक्रेतालाई बेच्ने गरेको छ।

त्रिभुवन विमानस्थलबाट भारीमात्रामा सुन तस्करी हुने गरेको तथ्य बाहिरि रहँदा सरकारले काँचो सुन ल्याउने ब्यवस्थामा परिवर्तन गरेको हो। खासगरी खाडी राष्ट्रबाट आउँने नेपाली कामदारहरुले नेपालको ब्यवस्थाबारे थाहा नपाउँदा विमानस्थलमै पक्राउ पर्ने गरेका थिए।

यसरी पक्राउ पर्नेमा ५० ग्रामभन्दा कम तर काँचो सुन ल्याउने र तयारी सुन पनि ५० ग्रामभन्दा थोरै बढी लिएर आउनेको संख्या बढी थियो।

५० ग्रामभन्दा बढिमात्राको सुन लिएर आउँदा मात्र पनि उनीहरु पक्राउ पर्ने गर्थे। तर पछिल्लो समय तस्करले यही ब्यवस्थाको समेत प्रयोग गरी बैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सुन बोकाएर विमानस्थलबाहिर संकलन गर्ने गरेको विभिन्न घटनाबाट देखिएको थियो।

करिब ३८ सय केजी सुन तस्करी प्रकरणमा यतिबेला प्रहरीका उच्चअधिकारी समेत पक्राउ गरी मुद्धा चलाईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?