कर्मचारीलाई कोरोना देखिएपछि धमाधम बन्द हुँदै सरकारी कार्यालय

कर्मचारीलाई कोरोना देखिएपछि धमाधम बन्द हुँदै सरकारी कार्यालय
+
-

बुटवल– कर्मचारीमा कोभिड १९ को संक्रमण देखिन थालेपछि सरकारी कार्यालयहरु बन्द हुन थालेका छन्। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ६ दिनका लागि आफ्नो सेवा बन्द गरेको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट माघ ९ गतेसम्म कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए। जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सेवा स्थगित भएको जनाएको छ।

यस्तै यातायात व्यवस्था कार्यालय बुटवलले आफ्ना केही सेवा बन्द हुने जनाएको छ। यातायात व्यवस्था कार्यालय सवारीले कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको र केही कर्मचारीमा लक्षण देखिएको भन्दै यही माघ ७ गतेसम्मका लागि सवारीसाधनको नामसारी रोकिने जनाएको हो।

अरु अत्यावश्यक सेवाहरु स्वास्थ्य मापदण्डको पालना गरेर आंशिक रुपमा सञ्चालन हुने कार्यालय प्रमुख रमेश गौतमले जनाएका छन्। भारतसँग खुला सिमाना जोडिएका रुपन्देही र पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दो छ।

यस्तै पहाडी जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका केही जनप्रतिनिधि र केही कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन्।

सन्धिखर्क नगरपालिकाले सूचना निकालेर यही माघ ७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द भएको जनाएको छ। नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएको र स्थानीय बासिन्दा जोखिममा रहेकाले सावधानी अपनाउन आह्वान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?