काठमाडौं- प्राय: मानिसहरु कपडा धुन वासिङ मसिन वा साबुन प्रयोग गर्छन्। तर अब लुगाको सफाइ र धुलाइ साबुनले नभई ग्याजेट्सले गरिदिने भएको छ। उक्त ग्याजेट्सको नाम ‘डोल्फी’ राखिएको छ।
अल्ट्रासोनिक टेक्नोलोजी कम्पनीले ‘डोल्फी’ ग्याजेट्सलाई बजारमा ल्याएको हो। डोल्फीलाई विश्वकै सबैभन्दा सानो डिभाइस मानिएको छ।
३० मिनेटमै कपडा सफाइ
प्रविधिमा आधारित रहेर विकास गरिएको यो डिभाइसले कपडाको सफाइ करीब ३० मिनेटमै गरिसक्ने कम्पनीले दाबी गरेको छ। जुन कपडालाई धुने हो, उक्त कपडालाई पानीमा पूरै डुबाउनुपर्छ। यसपछि वासिङ पाउडर हालेर उक्त डिभाइसलाई राखेमा ३० मिनेटभित्र कपडामा लागेको दाग सबै हटेर जान्छ।
यो डिभाइस सानो भएकाले यसलाई सजिलै आफूअनुकुल बोकेर लैजान सकिन्छ। यसलाई अनलाइनमार्पत खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसको बजार मुल्य पाँच हजार छ।
नयाँ पुस्ताको साबुन
डोल्फीको विकाससँगै नयाँ पुस्तामा साबुनको प्रयोग नौलो हुने बताइएको छ। साथै लुगालाई हानिरहित, वासिङ मसिन र हातले धुने झन्झटबाट मुक्त गर्ने छ।
पैसा र समयको बचत
सधै हातले धुँदा र वासिङ मसिनले लुगा धुँदा समय धेरै लाग्ने हुन्छ। तर डोल्फी डिभाइसले मानिसको समय र पैसा दुवैलाई बचत गरिदिन्छ। यसले मानिसको जीवन शैली नै फेरिने कम्पनीले दावी गरेको छ।
बल/शक्ति खर्चमा कटौती
लुगा धुँदा समयको खर्च र शारीरिक शक्ति पनि खर्च हुन्छ। तर डोल्फीले कुनै पनि प्रकारको शक्ति खर्च नगरीकनै सित्तैमा लुगा चम्किलो र सफा पारिदिन्छ। यसले समय श्रम र शक्तिलाई बचाएर मानिसलाई खुशी दिन मद्दत गर्ने कम्पनीको दाबी छ।