बिमा समितिद्वारा प्राइम लाइफलाई १० हजार रुपैयाँ जरिवाना

बिमा समितिद्वारा प्राइम लाइफलाई १० हजार रुपैयाँ जरिवाना
+
-

काठमाडौँ – बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ।

बिमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने निर्णय गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समितिले प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षणका क्रममा कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लंघन गरी तलब–भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बिमितको हितविपरीत नक्कली बिमा लेख जारी गरेको पाएको थियो। त्यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थित रूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएको पाइएको थियो।

समितिले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष