नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा डा. महावीर पुन

नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा डा. महावीर पुन
+
-

काठमाडौँ – नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ।

गत वर्ष नेपाल बैंकको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौताअवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको हो।

२०७८ माघ २० गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. महावीर पुनबीच उक्त ब्रान्ड एम्बास्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बास्डरको रूपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे।

उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले डा. महावीर पुनजस्तो विशिष्ट व्यक्तित्वका साथै आम नेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्रान्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु गर्वको विषय भएको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष