लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित 

लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित 
+
-

लमजुङ – लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ। भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो।

हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ। घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन्।

यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ। कल्मे डाँडामा पनि बिहीबार रातिबाट हिमपात भएको पिसहिलका व्यवस्थापक होमलाल तामाङले बताए।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पूर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायत उच्च पहाडी भेगमा बिहीबार  दिउँसोदेखि हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको घनपोखराका कमला गुरुङले बताइन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष