विधानमा पदाधिकारी बैठकको कल्पना छैनः नैनसिंह महर

विधानमा पदाधिकारी बैठकको कल्पना छैनः नैनसिंह महर
+
-

काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्।

उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन्।

‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिनअगाडि सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रीय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभास भइरहेको छ,’ उनले निर्वाचनको तयारीबारे कार्यकर्तासँग भएको छलफल कार्यक्रममा भने।

उनले बिहीबार बसिरहेको कार्यसम्पादन सतितिको बैठक समक्ष भ्रातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउन माग गरेका छन्।

उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्नेसमेत बताए। कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर छ।

‘नेतृत्वविहीन भ्रातृ संगठनलाई गति दिन समयमै ठोस निर्णय लिन आवश्यक छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्वविहीन भ्रातृ संस्थालाई गति दिनुपर्छ। यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष