बुटवल – सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा रोकेर राखिएको स्काभेटरभित्र युवाको शव फेला परेको छ। पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिकै स्काभेटरभित्र युवाको शव फेला परेको हो।
प्रहरीका अनुसार स्याङ्जाको कालिगण्डकी–३ का ४० वर्षीय अर्जुन घर्ती मृत फेला परेका हुन्। ज्याकेटको टोपीमा हुने रसीले स्काभेटरभित्रपट्टि झुण्डिएको अवस्थामा घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेपछि प्रहरीले शव पोस्टमार्टम गर्न पठाएको छ। घर्तीको हत्याको आशंका गरिएको छ।