कांग्रेस केन्द्रीय समिति बैठक यसै साता

कांग्रेस केन्द्रीय समिति बैठक  यसै साता
+
-

काठमाडौंःनिर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसभित्र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन सशक्त दबाब अभियान जारी रहँदा पार्टी नेतृत्वले बिहीबार या त्योभन्दा पहिले नै केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ।

‘प्रदेशसभाबाट समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगलाई शुक्रबार बुझाउनुपर्ने भएकाले केन्द्रीय समिति ढिलोमा बिहीबार बस्नुपर्ने छ र त्यसका लागि तयारी भइरहेको छ,’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवा निकट स्रोतले सोमबार देशसञ्चारलाई भन्यो।’

उक्त बैठकले निर्वाचनको नतिजा र पार्टीका भावी भूमिका तथा रणनीतिबारे छलफल गर्ने तथा त्यसले वर्तमान अभियानलाई सम्वोधन गर्ने सम्भावना भने कम देखिएको छ।

पार्टीलाई पुनर्जीवन्तता दिन, भावी एजेण्डा तय गर्न र प्रतिपक्षीका रुपमा सशक्त भूमिका परिभाषित गर्न केन्द्रीय समितिको बैठक अपरिहार्य भएको भन्दै विशेषगरी दोस्रो पुस्ताका गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, धनराज गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, लगायत नेताहरुले अलगअलग तथा सामूहिक रुपमा नेतृत्वमाथि खुलेर दबाब दिन थालेका छन्।

पार्टी हारेको जिम्मेवारी नेतृत्वले पनि लिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ।

सांसद गगन थापाले पार्टीले व्यहोरेको चुनावी नतिजा र अबको पाँच वर्षमा पहिलो पार्टी बन्नका लागि तत्काल केन्द्रीय समितिको बैठक र छिट्टै महाधिवेशन समेत बोलाउनुपर्ने बताएका छन्। यस्तै शेखर कोइरालाले पराजयको जिम्मेवारीबारे निश्चितगर्ने लगायतका विषयमा गहन बहस गर्न केन्द्रीय समितिको बैठकका लागि हस्ताक्षर अभियान सुरु गर्ने बताएका छन्।

यो पनि हेर्नुहोस्:

एमाले स्थायी समितिको बैठक बस्दै

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?