
काठमाडौँ – संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबार बसेको प्रतिनिधिभाको बैठकले सिफारिस मिति गठन गरेको हो।
समितिमा एमालेबाट चार जना सांसद रहेका छन्। एमालेबाट सांसदहरु विष्णु पौडेल, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन्। एमालेले सभामुखको राजीनामा माग्दै नाराबाजी जारी राखे पनि समितिमा जाने सांसदको नाम दिन तयार भएको हो।
त्यस्तै कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर बिष्ट छन् भने माओवादी केन्द्रबाट यशोदा गुरुङ र रेखा शर्मा छिन्। त्यस्तै एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद शाह समितिमा रहेका छन्।
महाअभियोग सिफारिस समिति यसअघि नै गठन भइसक्नुपर्ने थियाे। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध फागुन १ गते महाअभियोग लागेपछि संसदले दलीय आधारमा समिति बनाएको हो।
सदनको अर्को बैठकमा महाअभियोगबारे जानकारी दिँदै छानबिनका लागि सिफारिस समितिमा पठाउने तयारी सरकारले गरेको छ।
समितिले छानबिनका लागि चार महिनासम्म पाउन सक्नेछ।