पल शाहको पक्षमा १५ वकिलले बहस गर्ने

पल शाहको पक्षमा १५ वकिलले बहस गर्ने
+
-

तनहुँ – कलाकार पल शाहविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा बुधबार वादी पक्षले बहस सकेको छ।

निवेदक तर्फबाट दुई जना सरकारी वकिल र सातजना अधिवक्ताले पीडितको पक्षमा बहस गरेका हुन्।

बालिकाको परिवारले शाहसँगै उनका म्यानेजर कृष्ण जोशीविरूद्ध पनि किटानी जाहेरी दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले दुवै जनाविरुद्ध मुद्दा दायर गरेको छ। जोशीले करणी गर्न सघाउ पु¥याएको गरिएको छ।

बुधबार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा पहिलो बहस न्यायाधिवक्ता रामचन्द्र शर्माले गरेका हुन्। पीडितका तर्फबाट बहस गर्न सात जना अधिवक्ता काठमाडौँबाट तनहुँ पुगेका छन्।

नाबालिकालाई करणी गरेको अभियोगमा किटानी जाहेरी परेपछि शाहविरुद्ध तनहुँ र नवलपरासी जिल्ला अदालतमा करणी मुद्दा परेको छ। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार शाहविरूद्ध १२ वर्षदेखि १४ वर्ष र म्यानेजर जोशीलाई सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दार गरेको थियो।

बिहीबार प्रतिवादी पक्षका वकिलको बहस सकिने जिल्ला अदालतले जनाएको छ। शाह र जोशीको पक्षमा बहस गर्न १५ जना कानुन व्यवसायीले वकालत नामा लेखाएका छन्।

बिहीबार प्रतिवादी पक्षको बहस सकिएपछि वादी पक्षले जवाफी बहसका लागि समय पाउनेछन्। त्यसपछि थुनछेक आदेश आउने पीडितको पक्षमा बहस गर्न पुगेकी एक अधिवक्ताले जानकारी दिइन्। शाहले बयानमा बालिकामाथि करणी गरेको स्वीकार गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?