स्थानीयको विरोधपछि गुणस्तरीय काम गराउने सडक कार्यालयको प्रतिबद्धता

स्थानीयको विरोधपछि गुणस्तरीय काम गराउने सडक कार्यालयको प्रतिबद्धता
+
-

काठमाडौँ – साँखु फट्केश्वर बाउनेपाटी सडकको शंखरापुर नगरपालिकाको फेदी खोलादेखि जरसिंहपौवासम्मका काम गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।

कालोपत्रे सडक मर्मतका लागि ठेक्का पञ्चराम निर्माण सेवाले पाएर काम सुरु गरे पनि काम गुणस्तरहीन भएपछि स्थानीय बासिन्दाले विरोध जनाउँदै कमसल पिच उप्काएका छन्।

गुणस्तरीय कामको माग गर्दै विरोध जनाएको स्थानीय किशोर घलानले बताए। उनले भने, ‘झारा टार्ने काम भएको देखेपछि हामीले विरोध जनाएका हौँ। धुलो र माटोमाथि गरिएको पिचको कुनै अर्थ छैन। सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्छ।’

स्थानीयले विरोध जनाएपछि सडक डिभिजन कार्यालय काठमाडौँले बुधबार कामको निरीक्षण गरेर सच्याउने प्रतिबद्धता जनाएको छ।

कार्यालय प्रमुख नारायणप्रसाद निहुरेले स्थलगत अनुगमनका क्रममा काममा समस्या देखिएको र त्यसलाई सच्याएर पुनः काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको जानकारी दिए।

देश सञ्चारसँग कुरा गर्दै उनले भने, ‘गुणस्तरहीन काम रिजेक्ट हुन्छ। त्यस्ता ठाउँमा हामी फेरि काम गराउँछौँ। त्यहीअनुसार निर्देशन पनि दिइसकेका छौँ। गुणस्तरीय काम गराउन हामी लागिपरेका छौँ।’

जुनसुकै बेला पनि लगातार गाडी तथा ट्रिपर चल्दा काम गर्न समस्या भएको निर्माण व्यवसायीको गुनासो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?