गुल्मीमा पनि चुनावी तालमेल गर्न सत्ता गठबन्धन सहमत, १२ मध्ये ८ मा कांग्रेस र ४ मा माओवादीले नेतृत्व गर्ने

गुल्मीमा पनि चुनावी तालमेल गर्न सत्ता गठबन्धन सहमत, १२ मध्ये ८ मा कांग्रेस र ४ मा माओवादीले नेतृत्व गर्ने
+
-

बुटवल – गुल्मीमा स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच सहमति भएको छ।

गुल्मीका १२ स्थानीय तहमध्ये ८ वटामा नेपाली कांग्रेसले नेतृत्व गर्ने र बाँकी ४ वटामा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको कांग्रेस सभापति खिलध्वज पन्थीले बताए।

गुल्मीमा बसेको गठबन्धनको बैठकले रेसुंगा र मुसिकोट नगरपालिका, इस्मा, गुल्मी दरबार, सत्यवती, कालीगण्डकी, छत्रकोट गाउँपालिकामा कांग्रेसले नेतृत्व गर्ने निर्णय गरेको छ।

यस्तै मालिका, रुरु र चन्द्रकोटमा माओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको छ। बाँकी रहेका धुर्कोट र मदानेमा भने सहमति जुट्न बाँकी छ। माओवादीले धुर्कोट आफूले पाउनुपर्ने दाबी गरेको छ भने कांग्रेसले धुर्कोट आफूलाई छाडेर मदाने लिन भनेको छ।

गुल्मीका स्थानीय तहकाे नेतृत्वमा कांग्रेस र माओवादीबीच भागबन्डा भए पनि उपप्रमुख र उपाध्यक्षमा भने यसअघिको निर्वाचनको मतभारअनुसार र आवश्यकताका आधारमा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच भागबन्डा हुने कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले जानकारी दिए।

यसअघिको निर्वाचनमा रेसुङ्गा र मुसिकोट नगरपालिका, रुरु, छत्रकोट, इस्मा, मदाने र मालिका गाउँपालिकामा एमालेले जितेको थियो। गुल्मीदरबार, चन्द्रकोट, सत्यवती र कालीगण्डकी गाउँपालिकामा कांग्रेसले जितेको थियो। धुर्कोटमा माओवादीले जितेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?