यस वर्ष पनि बुद्धकृष्णले छेडाउने भए जिब्रो

यस वर्ष पनि बुद्धकृष्णले छेडाउने भए जिब्रो
+
-

भक्तपुर – भक्तपुरको बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेमा हुने जिब्रो छेड्ने जात्रामा यसपटक पनि बुद्धकृष्ण बाग श्रेष्ठले आफ्नो जिब्रो छेडाउने भएका छन्। उनले यसअघि आठपटक आफ्नो जिब्रो छेडाइसकेका छन्।

नयाँ व्यक्ति तयार नभएपछि यसपटक पनि आफूले जिब्रो छेड्न लागेको बुद्धकृष्णले जानकारी दिए। उनका अनुसार यसपटक बुद्धकृष्णका छोराले जिब्रो छेड्ने चाहना राखेका थिए। तर, स्वास्थ्य समस्या भएपछि उनी अघि सरेनन्।

‘यसपटक छोराले जिब्रो छेडाउने चाहना व्यक्त गरेका थिए तर स्वास्थ्य समस्या भएपछि उनी अघि सरेनन्’, बुद्धकृष्णले भने, ‘अरु पनि अघि नबढेपछि अन्तमा मैलेले नै नवौंपटक जिब्रो छेडाउने निधो गरेँ।’

फाइल तस्बिर

बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिँदै आएको छ। बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ।

जिब्रो छेड्न तयार व्यक्तिले जात्राको तीन दिन अघिदेखि केही नखाइ व्रत बस्नुपर्ने परम्परा रहेको छ। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत हुन्न भन्ने भनाइ रहँदै आएको छ। जिब्रो छेड्दा थप पीडा नहोस् भनेर साता दिनअघि नै नून बार्नुपर्ने प्रचलन रहेको बुद्धकृष्ण बताउँछन्।

व्रत बस्दा जिब्रो छेड्ने क्रममा शक्ति प्राप्त होस् भनी जिब्रो छेड्ने व्यक्तिले बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने चलन रहेको छ।

नकर्मी नाइकेले जिब्रो छेड्ने सुइरो महिना दिनअघि नै तयार गर्छन्। अहिले धर्मलाल नकर्मी नकर्मी नाइके छन्। उनले उक्त सुइरो तयार भएपछि तेलमा डुबाएर राख्ने गर्छन्। तेलमा डुबाएर राख्दा फलामको सुइरोमा खिया लाग्न पाउँदैन। जसले गर्दा जिब्रो छेड्दा हुने घाउमा संक्रमण हुन पाउँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?