
बुटवल– नेकपा एकीकृत समाजवादी रुपन्देहीले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी विभिन्न समिति गठन गरेको छ। बैठकले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी पाण्डेको संयोजकत्वमा अर्का सल्लाहकार रामचन्द्र भट्टराई, संविधानसभा सदस्य आदित्यनारायण कसौधन, डा. रामचन्द्र आचार्य, बुँद राना, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं, अर्का केन्द्रीय सदस्य उमा काफ्ले, भगवती घिमिरे, चित्रबहादुर थापा र प्रदेश कमिटीका सदस्य रहेको निर्वाचन निर्देशक कमिटी गठन गरेको छ।
जिल्ला अध्यक्ष राजु गुरुङको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको पार्टी सचिव अविराम विश्वकर्माले जानकारी दिए।
त्यस्तै, बैठकले पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईंको संयोजकत्वमा निर्वाचन अनुगमन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी अध्यक्ष राजु गुरुङ, सिद्धिचरण भट्टराई, अविराम विक, सरिता श्रीस र भोजबहादुर खड्का रहेको उम्मेदवार छनोट तथा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी, बैठकले उपाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा आर्थिक संकलन तथा व्यवस्थापन समिति गठन गरेको छ।
यस्तै, बैठकले पार्टीका उपसचिव एवं प्रचार विभाग प्रमुख सरिता श्रीसको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ। समितिमा जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी, विभिन्न जनवर्गीय कमिटीका पदाधिकारी र सदस्य सबै सदस्य रहने उपसचिव एवं प्रचार विभाग प्रमुख श्रीसले बताइन्।
पार्टी गतिविधिलाई प्रचार प्रसार गर्न ‘समाजवादी भर्चुअल’ फोर्स गठन गरेको छ। डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै पार्टीका सही सूचना आमजनमानसमा पु¥याउन जिल्ला सदस्य तथा विज्ञान तथा प्रविधि विभाग प्रमुख तुल्सीप्रसाद आचार्यको संयोजकत्वमा समाजवादी भर्चुअल फोर्स गठन गरिएको हो।
आचार्यको संयोजकत्वमा ५१ सदस्यीय फोर्सले पार्टीको नीति र विधिलाई सोसल मिडियामार्फत फैलाउने उद्देश्य राखेको जनाइएको छ।