
बुटवल- नेकपा एमालेले बुटवल उपमहानगरपालिका प्रमुखमा बाबुराम भट्टराईलाई उमेदवार बनाउने भएको छ।
महानगर, उपमहानगरमा स्थानीय निर्वाचनका उमेदवार टुंग्याउन बसेको एमाले केन्द्रीय सचिवालय बैठकले बुटवल उपमहानगरपालिकाको प्रमुखमा भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उमेदवार बनाउने निर्णय गरेको हो।

साबित्रा अर्याल
उमेदवार बनाउने निर्णय भएका भट्टराई अौषधी व्यवसायी हुन् भने अर्याल सामाजिक अभियन्ता हुन्।
उपमहानगरमा प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेताहरू गोपाल राना, तेजेन्द्र केसीलगायतले आकांक्षा व्यक्त गरेका थिए।